Tuesday 30 May 2017

प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति


भारतीय जनता पार्टी युवा मोर्चाको विशेष सभा राष्ट्रीय युवा प्रभारी श्री लोकनाथ च्याटर्जीको अध्यक्षतामा रानीपुल मुख्यकार्यालयमा सम्पन्न भयो। सभालाई पार्टीका अध्यक्ष श्रीमान डी.बी. चौहान मुख्यअतिथि हुनुहुन्थ्यो भने सङ्गठन महामन्त्री श्रीमान पञ्चनन रावत विशिष्ट अतिथिको आशानमा विराजमान हुनुहुन्थ्यो। सभामा राज्य स्तरीय युवा मोर्चाको कार्यकारिणी समितिको गठन गरियो जसलाई मुख्य अतिथि श्री डी.बी. चौहानज्यूले खदा-माला लगाएर पदभार सुम्पिनु भयो र आफ्नो पदप्रति निष्ठ्वान भएर काम गर्ने र भाजपालाई अघि बड़ाउने आह्वान गर्नुभयो। सभालाई सम्वोधन गर्दै अध्यक्ष चौहानले यदी एउटा युवाले शोषित पिड़ीत जनताको पक्षमा निष्ठवान भएर निरन्तर काम गरे भविष्यमा गएर राम्रो समाज सेवक, राम्रो पञ्चायत, राम्रो विधायक, मन्त्री र मुख्यमन्त्री हुनसक्छ भन्नुभयो। युवाहरूले देशको सिमानामा उभिएर बन्दुक समाए राम्रो सैनिक हुनसक्ने, कलम समाए लेखक हुनसक्ने, कम्प्यूटर समाए राम्रो वैज्ञानिक र इञ्जिनर हुनसक्ने यदी गलत पार्टी र गलत नेताहरूको संगत लागे युवाहरू नेताको जिन्दावाद र मुर्दावाद भन्ने र छरछिमेकिको घरमा ढुङ्गामुड़ा गर्ने असमाजिक तत्वमात्र हुने र कानूनको नजरमा अपराधी हुने बताउनु भयो। यस्ता गलत नेताहरूको भ्रामक संगतमा नलाग्ने र भाजपा जस्तो राष्ट्रावादी पार्टीमा सामेल हुन र आफ्नो भविष्य साथै सिक्किमको भविष्य सुरक्षित गराउनु संकल्प लिने आह्वान गर्नु भयो। यसरी नै युवाहरूलाई नशालुपदार्थबाट टाड़ा रहने र आफ्नो भविष्य र लक्ष्य मजबूत बनाउने दिशा तर्फ काम गर्ने आह्वान गर्नुभयो।
यस्तै प्रकारले राष्ट्रीय युवा प्रभारी श्री लोकनाथ च्याटर्जीले आफ्नो सम्वोधनमा युवाहरूले जीवनमा उतार्नुपर्ने पाँचवटा क –का विषयमा कुरा राख्नुभयो। 1) कार्यकर्ता, 2) कार्यक्रम, 3) कार्यालय, 4) कोष यी सबै कुराहरू युवा कार्यकर्ताहरूको सोचमा हुनुपर्ने कुरा सभालाई सम्वोधन गर्नुभयो र अन्तरमा पाँचौं क क्रान्ति जो युवाहरूको मुटुमा हुनुपर्ने र यो युवाहरूले सधै याद राख्नुपर्ने सभालाई सम्वोधन गर्नुभयो। आफ्नो 4 दिनको भ्रमण अवधिमा सिक्किमका चारै जिल्लाहरूमा बुद्धिजीवी, शिक्षित युवाहरू, साधारण जनताहरूसँग सोझो अन्तरक्रिया गर्दा भारतीय जनता पार्टी जनताप्रति श्री डी.बी. चौहानको नेतृत्तवमा फष्टाएर गएको र सिक्किम जनताले श्री डी.बी. चौहान र भाजपा सिक्किमलाई विकल्पको रूप हेरेको पनि जानकारी पाएको सभामा बताए। राज्य सरकारले सञ्चालन गरिरहेको विकास्य कार्यहरू सबै नै अधुरा र अपुरा रहेको र विशेष रूपले सम्पन्न भएको रोड कार्पेटिङका कार्यहरू गुणस्तरीय नभएको भ्रमण अवधिमा आफूले प्रत्यक्ष रूपले देखेको सभामा दोहोऱ्याउनु भयो भने पर्यटनको क्षेत्रमा राज्यले जति आयआर्जन गर्नुपर्ने थियो त्यो राज्य सरकार उतासिन्ताले हुन नसकेको बताउँदै चामलिङ सरकारको कार्यहरूलाई कठोर शब्दमा निन्दा गर्नुभयो। हामी भारतीय जनता पार्टीमा खेल कूद खेल्न आएका होइनौं, हामी राजनीति गर्न आएका हौं र राजनैतिक गर्दा कमजोड़ सोचलाई पर सारेर आत्मा विश्वाससँग गर्नुपर्ने आह्वान गर्नुभयो। सभालाई युवा छोपेल भोटिया, सङ्गठन मन्त्री श्रीमान पञ्चनन रावतले पनि सम्वोधन गर्नुभयो।


No comments:

Post a Comment

A Toto driver of Siliguri has been arrested for allegedly molesting a female student

A Toto driver of Siliguri has been arrested for allegedly molesting a female student near Salbari on Sunday evening. Pradhan Nag...