Tuesday, 30 May 2017

प्रेस बिज्ञप्ती



सिक्किम क्रान्तिकारी मोर्चा पार्टी पश्चिम जिल्ला कार्यकारिणी समितिको तत्वधानमा अनि पार्टी अध्यक्ष  श्री पी एस गोलेज्यूको अगुवाईमा चलीरहेको जनजागरण पदयात्राको २६ औ दिन आज सोरेंग च्याखुंग समष्टिको चुमबुंगमा पुगे पछि जनसभामा परिणत भयो । सभालाई सम्बोधन गर्दै अध्यक्षले भन्नु भयो, एसडीएफ सरकारले बितेको २३ बर्ष जनतालाई डर, त्रास, प्रलोभन, भ्रममा राखेर राज चलायो, आफ्नो हक र अधिकारसंग खाना पकाउने कुकरमा नसाटने अनि आउँदो पंचायत चुनावलाई हेरेर बित्तीय संस्थानहरुबाट भारी ऋण ल्याएर जनता मेला गर्दैछ यसमा जनता भुलिन्नु हुन्दैन जनता होसियार हुनु पर्छ । शर्म पचेको यो सरकार हो २१औ शताब्दीमा पुगेर बिकासको नाममा कुकरको राजनीती गर्छ, खोई दिगो अनि दिर्गमियादि बिकास ? राज्यलाई सही दिशामा लाने नीति निर्धारण खोई ? साठी हजार भन्दा ज्यादा बिरोजगारहरुलाई स्वरोजगार बनाउने सरकारकोमा उपाय कहाँ छ ?  २०१५ साल भित्र राज्य पुर्ण रुपमा सम्पन्न हुनेछ भन्ने मुख्य मंत्रीको परिकल्पना खोई ? अहिले राज्य ऋणको दल दलमा उठनु नसक्ने गरि जाकिएकोछ यसको जिम्मावार को हो अनि हाम्रो बेरोजगार युवाहरुको भविष्य कसले बर्वाद गरयो ?  भन्ने अनेकौ प्रश्न एसडीएफ सरकारलाई पार्टी अध्यक्षले राख्नु भएकोछ । आजको सभामा श्री टेक बहादुर राईज्यूको अध्यक्षतामा २० सदस्यीय चुमबोंग ब्लाक स्थरीय समिति गठन भएकोछ उहाँहरुलाई अध्यक्षज्यूले बधाई अनि शुभकामना दिँदै खादा अर्पण गरेर एसकेएम पार्टीको नीति र सिद्धान्तलाई आत्मासात गर्दै कार्य गर्ने अनुरोध गर्नु भएकोछ, साथै यस सभालाई पार्टी सल्लाहकार श्री टी एम राई , श्री जेकब खालिंग , श्री जनक गुरुङ्ग अनि अशोक प्रधानले सम्बोधन गर्नु भएकोछ ।

No comments:

Post a Comment

A Toto driver of Siliguri has been arrested for allegedly molesting a female student

A Toto driver of Siliguri has been arrested for allegedly molesting a female student near Salbari on Sunday evening. Pradhan Nag...