Thursday 4 May 2017

पूर्व सिक्किम रिनक निर्वाचन छेत्र अंतर्गत रोड़ाथांग स्तिथ गोल्डन क्रास फार्मा को दैनिक हजीरा वृद्धि को मांग मा मजदूर ठेकेदार अंतर्गत कार्यरत श्रमिक हरु ले गरेको काम बंद आन्दोलन को आज दुई दिन पूरा हुंदा सम्म कुनै समाधान निस्किन सकेको छैन |


संजय अगरवाल रंग्पो सिक्किम -४ मई १७


पूर्व सिक्किम रिनक निर्वाचन छेत्र अंतर्गत रोड़ाथांग स्तिथ गोल्डन क्रास फार्मा को दैनिक हजीरा वृद्धि को मांग मा मजदूर ठेकेदार अंतर्गत कार्यरत श्रमिक हरु ले गरेको काम बंद आन्दोलन को आज दुई दिन पूरा हुंदा सम्म कुनै समाधान निस्किन सकेको छैन | आज दोस्रो दिन काम बंद गरेर गेट अघि बसेका श्रमिक हरु संग रंगली का महाकुमा अधिकारी श्री के के प्रधान ले पनी भेट गरेर सम्झाउने प्रयास गरे पनी प्रयास भने सफल नभएको र श्रमिक हरु आफ्नो दैनिक ज्याला वृद्धि को साथ अन्य मांग मनौन को निम्ति भोली पनी धरना मा नै बसने निरनेय लिएको भनी बताएका छन | दुई दिन देखि काम बंद हुंदा कम्पनी को काम मा भने ठुलो नोक्सानी भयको छ | यस्ते प्राकार ले गत २ मई को दिन कुम्रेक स्तिथ सिप्ला मा पनी यसै मांग बारे श्रमिक हरू ले काम बंद गरेका थिए तर प्रभंधन पक्छ ले सम्झौन्दा माहौल शांत भयको थियो | यस प्रकार को घटना को मूल तथ्य खोज्दै जांदा मई दिवस रहेको बुझिएको छ | सिक्किम श्रमिक विभाग ले मई दिवस रंग्पो माइनिंग ग्राउंड मा पालन गरेको थियो जसमा सिक्किम का मुख्यमंत्री श्री पवन चामलिंग को उपस्थिथि निश्चित थियो बहने उनको मुखारवृन्द बाट वेतन बढ़ोतरी को घोषणा को आशा राखिएको थियो र उक्त घोषणा सुन्न लाल्य्तित श्रमिक हरु बिहानै देखि माइनिंग खेल मैदान मा कुरेर बसेका थिए | तर मुख्यमंत्री श्री चामलिंग को उक्त दिन आगमन नहुँदा कुनै पनी प्रकार को घोषणा को आशा निराशा मा बदली भयो | यसै को फलस्वरूप श्रमिक हरु यसरी काम बंद आन्दोलन मा उत्रिएको बुझिएको छ | गोल्डन कर्स फार्मा एक अंतरास्ट्रीय स्तर को दवाई कंपनी निर्माता रहेको र यसरी काम बंद हुंदा आर्थिक नोक्सानी को साथ साथ कम्पनी को प्रतिस्ठा मा पनी प्रतिकूल असर परिरहेको छ

No comments:

Post a Comment

A Toto driver of Siliguri has been arrested for allegedly molesting a female student

A Toto driver of Siliguri has been arrested for allegedly molesting a female student near Salbari on Sunday evening. Pradhan Nag...