Tuesday 25 April 2017

प्रेस बिज्ञप्ति

प्रेस बिज्ञप्ति

दिनांक: २५/०४/२०१७

जनजागरण पदयात्राको १२औं दिन आज एसकेएम अध्यक्ष श्री पि एस गोलेले मानेबोंग देन्ताम समष्टि अंतर्गत  गावँहरु बुलुंग, कर्मटार, फेरेक , सोपखा(जोरबुटे ), उत्तरे , बेघाको पदयात्रा गरे ।
यस अवधीमा उनले फेरेकमा उपमान छेत्रीको घरमा  आंगने सभालाई सम्बोधन गरे साथै सोपखामा श्री सन्च हांग सुब्बाको घरमा वार्ड स्तरीय सभामा आफ्नो सहभागिता जनाउँदै उत्तरे आदि गावँहरुमा जनतासंग भेटघाट गरे । यसरी नै  सोपखामा मंदिरको क्षतिपूर्तिको जनताले धेरै चोटी सरकारलाई गुहार लगाउँदा पनि नपाएको गुनाशो सुने ।
बाटो, पानी, चिवा जाने रोडहरुको मरम्मतिमा ढिलाई रहेको  , घर जलेकोमा क्षतिपूर्ति नपाएको इत्यादि समस्याहरु जनता बाट पर्याप्त सुनियो ।
आजको भ्रमण अवधीमा एसडीएफका धेरै परिवारहरु एसकेएममा सामेल भएका  छन  जस्तै सोपाखामा ५ घर एसकेएममा सामेल भएका छन , यसरी नै फेरेक वार्डमा पूर्व पंचायत श्री टि टि लेप्चाको अगुवाईमा जम्मा १४ घर एसकेएममा सामेल भएका छन । 

आफ्नो संबोधनहरुमा राज्यका ग्रामीण इकाईका अस्पतालको जीर्ण अवस्था बारे अध्यक्ष श्री पि एस गोलेले दुःख ब्यक्त गर्दै मुख्यमंत्रीको कड़ा आलोचना गरेका छन । मुख्यमंत्रीको भनाइ अनुरूप सिक्किमको स्वास्थ्य क्षेत्र  क्यूबाको जस्तो हुन्छ भन्छन तर सिक्किमका अधिकतम ग्रामीण क्षेत्रहरुमा पनि  अहिलेसम्म पनि निम्नस्तरका स्वास्थ्य  सुविधा देखि समेत कोशौं टाड़ा रहेको कुरा मुख्यमंत्रीलाई थाहा हुनुपर्छ तब मात्र यस्ता स्वर्गमोहक सपना जनतालाई देखाउने उनले गरुन भन्दै उनले मुख्यमंत्रीलाई ग्रामीण छेत्रमा स्वास्थ्य बारे अनुसन्धान / अध्य्यन गर्ने सुझाव एसकेएम अध्यक्षले दिएका छन । केन्द्र सरकारले  National Rural Health Mission सन २०९५ मा सुरु गरेको थियो , यस योजना अनुरूप ग्रामीण अनि दुर्गम क्षेत्रका जनतालाई निशुल्क स्वास्थ्य  सेवा प्रदान गरि देशका हरेक नागरिकलाई स्वस्थ राख्ने लक्ष्य रहेको थियो । यस योजना अनुरूप सिक्किममा पनि भारत सरकारले अनेकौ बितीय अनुदान , स्वास्थ्य उपकरण आदि  प्रदान गर्दै आएको / गरिरहेको छ  । यस योजना भित्र ग्रामीण इकाईहरुमा उत्तम स्वास्थ्य सेवालाई नियोजित गर्नको निम्ति  डॉक्टर अनि स्वास्थ्य कर्मीहरुलाई ग्रामीण क्षेत्रहरुमा  नियुक्त गरिने नियम भारत सरकारले बनाएको छ , ता कि ग्रामीण क्षेत्रहरुमा  स्वास्थ्य सेवाको सुधार  होस भन्ने सरकारको लक्ष्य रहेको छ  । तर सिक्किमको सन्दर्भमा यो योजना अंतर्गत नियुक्त गरिएका डॉक्टरहरु पिएचसी र जिल्ला अस्पतालमा राज्यको सरकारले नियुक्त गरेको छ , जस्को कारणले गर्दा आज यो योजना ग्रामीण छेत्रबाट बंचित भएको छ । सिक्किम सरकारको स्वस्थ बिभागभित्र डॉक्टरको अभाव पूरा गर्नुको निम्ति  NHM योजनाबाट नियुक्त गरिएका डॉक्टरहरुलाई बिभिन्न शहरी इलाकाहरुमा खटाईएको हुनाले आज केंद्र सरकारको यो महत्वपूर्ण  योजना ग्रामीण जनताले उपभोग गर्न नपाउँनु  सिक्किमे गाउँले जनताको निम्ति ठुलो बिडम्बना  हो भन्दै अध्यक्षले सरकारको आलोचना गरेका छन  । साथै यो योजना अनुरूप धेरै एम्बुलेंस वाहनहरु राज्य सरकारलाई प्राप्त भएको छ तर ति वाहनहरु अहिले कहाँ हराएको छ भन्ने थप प्रष्न अध्यक्षले सरकारलाई राखेका छन । किन कि पक्षिम सिक्किमका अधिकतम ग्रामीण छेत्रहरुमा निशुल्क एम्बुलेंस सुबिधा  प्राप्त हुनसकेको छैन , साथै NHM अंतर्गत केन्द्र सरकारले गरीब जनताको निम्ति एम्बुलेंस सेवा उपभोग गर्दा निशुल्क  एम्बुलेंस सेवा जसमा तेल हाल्ने रकम धरि केंद्रबाट दिएको हुन्छ तर सिक्किमे जनतालाई यदि अम्बुलेंस सेवा चाहियो भनि आफ्नो गोजीबाट अम्बुलेंसमा तेल भरनु पर्छ , जसले  सिक्किमको खास्किन्दो स्वास्थ्य  सेवाको हालत बयान गरिरहेको छ । अध्यक्ष श्री पि एस गोलेले केन्द्र सरकारको यसतो महोत्वपूर्ण योजना समेतलाई राज्य सरकारले लापरवाही रूपमा चलाएकोमा स्वस्थ बिभागमा केंद्रीय अनुदानहरुको ब्यापक  हिनामिना भएको दाबी गर्दै सरकारको आलोचना गरेका छन  । करीब ७ लाखको आवादी रहेको  सिक्किममा जनता सठिक स्वस्थ सेवाबाट ताड़ा रहनु भनेको ठुलो बिडम्बना हो भन्दै हालको स्वास्थ्य  सेवा राज्यमा नाजुक रहनुमा राज्य सरकर कदापि जनताको स्वस्थसंग ईमानदार नभएको पुष्टि हुन्छ। झन पश्चिम  जिल्लामा त स्वास्थ्य ब्यवस्था  अति कमजोर रहेको कुरा जनताबाट पटक पटक यस जन जागरण पदयात्राको क्रममा अध्यक्ष श्री पि एस गोलेले सुनेका छन । पक्षिमका अधिकतम स्वास्थ्य केंद्रहरु हाल औषधिको अभाव , स्वास्थ्य उपकरणको कमि , अम्बुलेंस परेको बेला उपलब्ध नहुने अदि समस्यहरुले घेरि रहेको छ । यसतोमा मुख्यमंत्रीले सिक्किम बेस्ट इन हेल्थ भन्नु र क्यूबाको सपना देख्नु भनेको जनतालाई सोझै छलनु हो । आफु अलिकति बीमार हुदा त दिल्ली र बिदेश  कूदने मुख्यमंत्रीले कुनै समय आफ्नो उपचार सिक्किमको कुनै स्वास्थ्य  केंद्रमा गरेर हेर्ने तब थाहा लाग्छ गरीब जनताको मर्म कस्तो हुन्छ । साथै मुख्यमंत्रीले सिक्किमको हरेक नागरिकको जीवन प्रत्याशा दर ( Life Expectency Rate) विकशित राष्ट्र जस्तो हुने र हाल देश मै अब्वाल रहेको दाबी गर्छन तर मुख्यमंत्रीलाई थाहा हुनुपर्छ कि यो दर बड़ायेर लानुको निम्ति सरकारले सर्वश्रेष्ट स्वास्थ्य सेवा नियोजित गर्नुपर्छ तर राज्यको हालको स्वस्थ सेवा भने सबै भन्दा तल्लो दर्जाको रहंदा यो दर बढ्नु मुझयमंत्रीले सोंचेको सपना भित्र मात्र पर्नु सक्छ भन्ने आशंका अध्यक्षले गरेका छन। 

आजको भ्रमण अवधीमा अध्यक्षको साथमा अवकाश प्राप्त शिक्षा निर्देशक श्री एम पि सुब्बाको बिशेष सहभागिता रहेको थियो भने श्री लोकनाथ नेपाल , श्री बिरेन्द्र तामलिंग , श्री एन बि गुरुङ्ग , श्री पूर्ण हांग सुब्बा (जिल्ला अध्य्क्ष) , तोपजंग भूटिया, गोपाल सुब्बा ,  श्री जनक गुरुङ्ग , श्री लक्ष्मण गुरुङ्ग , सुदेष लिम्बु , अशोक प्रधान आदिले आज सहभागिता जनायेका थिए ।

बिकास बस्नेत्
सचिव (प्रचार-प्रसार)
सिक्किम क्रान्तिकारी मोर्चा

No comments:

Post a Comment

A Toto driver of Siliguri has been arrested for allegedly molesting a female student

A Toto driver of Siliguri has been arrested for allegedly molesting a female student near Salbari on Sunday evening. Pradhan Nag...