Friday 17 November 2017

विभिन्न धार्मिक चाडपर्वहरू मध्ये हिन्दु धर्ममा एक विशिष्ट महत्त्व बाेकेकाे बाला चतुर्दशी पर्व हरेक वर्षको मङ्सिर महिनकाे कृष्णपक्ष चतुर्दसीका दिन पालन गरिन्छ ।



K N Sharma 
Geyzing 17 Nov.17: विभिन्न धार्मिक चाडपर्वहरू मध्ये हिन्दु धर्ममा एक विशिष्ट महत्त्व बाेकेकाे बाला चतुर्दशी पर्व हरेक वर्षको मङ्सिर महिनकाे कृष्णपक्ष चतुर्दसीका दिन पालन गरिन्छ ।पाैराणिक मान्यता अनुसार शिव मृगकाे रूप धारण गरि विहार गर्न हिडेकाे थाहा पाएर माता पारवतीले शिवरूपी मृगगलाई चिन्नकाे निम्ति विविध किसिमका बिज उमारेर हरियो भए पछि मृग चर्न आएकाे अनि मृगकाे बगानमा शिवलाई चिन्न सकेकाे विभिन्न पाैराणिक किम्बदन्ती रहेकाे पाइन्छ । उक्त विषयलाई मान्यता दिएर अहिले पनि शदविज छर्ने चलन रहि आएकाे छ । शिवालय मन्दिरमा व्यापक रूपमा यश विषयलाई मान्यता दिएर विभिन्न कार्यक्रम साथै पर्वलाई पालन गरिने गरेकाे पाइन्छ । सिकिकम राज्यको बहु चर्चित किराँतेस्वर शिव मन्दिर लेगशेपमा यो पर्व खुब रमाइलोकाे साथमा मनाइन्छ ।
मन्दिरमा प्रतिवर्ष विविध धार्मिक अनुष्ठानका साथमा पालन गरिने गरेकाे छ । राज्य अनि राज्य वाहिरबाट अत्यधिक सङ्ख्यामा श्रदालु भक्तहरूकाे भिड यसै मन्दिरमा लाग्ने गर्दछ । यश वर्ष पनि आगमी हिजोबाट शुरु भएको छ , यसै पर्वको अवसरमा यस स्थानमा मेलाको पनि आयाेजन हुने गरेको छ , । यश अवसरमा हिजोदेखि नै विभिन्न पाठ पुजा सहित जाग्राम गरिने तथा चतुर्दशीकाे दिन भने सदबिज राेपन आदि कार्यक्रम सम्पन्न हुने गरेको छ । पश्चिम सिकिकमकाे लेगसेप बजारमा यो मेलाकै रूपमा आयाेजन हुने गरेकाे छ । यश अवसरमा विभिन्न खेलकुद प्रतियाेगिता साथै मनाेरन्जन आदि पनि आयाेजक समितिले गर्दै आएकाे छ । भजन प्रतियाेगिता,खेलकुद प्रतियाेगिता साथै अन्य कार्यक्रम हुने गर्दछ । यश वर्ष पनि विभिन्न मनाेरन्जन कार्यक्रमका साथमा आयोजना हुने बताइएको छ ।

No comments:

Post a Comment

A Toto driver of Siliguri has been arrested for allegedly molesting a female student

A Toto driver of Siliguri has been arrested for allegedly molesting a female student near Salbari on Sunday evening. Pradhan Nag...